समाज

ट्रयाक्टरले किच्दा सहचालकको मृत्यु

पुस ५, २०७६

    उदयपुर : त्रियुगा नगरपालिकामा ट्रयाक्टरले किच्दा सहचालकको मृत्यु भएको छ। 

    शुक्रबार साँझ त्रियुगा नगरपालिका–१३ बरुवा बसपार्क नजिकको बरुवा खोला जाने बाटोमा स १ त ६८०० नम्बरको ट्रयाक्टरले किचेर सहचालकको मृत्यु भएको हो। त्रियुगा–६ जलजलेका अलि मियाँको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेशकुमार चौधरीले जानकारी दिए।

    प्रहरीका अनुसार मदन भण्डारी राजमार्गको २५ मिटरमुनि बरुवा खोला जानेबाटोमा ट्रयाक्टरबाट झरेका मियाँलाई चक्काले किचेको थियो। घटनाको अनुसन्धानका लागि ट्रयाक्टर र चालकलाई नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]