समाज

ताररहित हुँदै पर्यटकीय बजार ठमेल

केही दिने निःशुल्क वाइफाइ

पुस ६, २०७६

    काठमाडौंः पर्यटकीय बजार ठमेल अब ताररहीत हुने भएको छ। अव्यवस्थित रूपमा झुन्डिएका तारले ठमेल बजारको सौन्दर्य ह्रास ल्याएकाले त्यसलाई हटाउन थालिएको हो।

    बाटो, घर, होटलअगाडि झुन्डिएको अवस्थामा रहेकोले त्यस्ता तारलाई हटाउन थालिएको हो। ठमेलमा अन्डर ग्राउन्ड गरेर तार लाने गरि काम भइरहेको छ। सबै अव्यवस्थि तार डिसेम्बर अन्तिम सम्ममा हटाइसक्ने गरी तीव्र रूपमा काम भइरहेको छ। स्थानीय, ठमेल पर्यटन विकास परिषद् र काठमाडौ महानगरपालिकाका १६, १७, २६ र २७ गरी चार वडा कार्यालयको संयोजनमा अव्यवस्थित तार हटाउन लागिएको हो।

    तार निकालेर बाटोमा राखेको


    विदेशी पर्यटकले अव्यवस्थित तारले ठमेल बजारको सौन्दर्यता कमी आएको टिप्पणी गरेपछि तार हटाउन थालिएको ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजुमान डंगोलले बताए। पर्यटन वर्ष २०२० संघारमा आइसकेकोले झुन्डिएका तार हटाएर भए पनि सौन्दर्यता कायम गर्न लागेको उनले प्रष्ट पारे।

    उनले भने, 'पर्यटक घुम्न आउँछन झुन्डिएको तार त देखाउन भएन नि। ठमेलको छुट्टै महत्व छ यसलाई बुझेर जाऊ। तार बाटोमा झरेको छ, बिजुलीको पोल अगाडि झुन्डिएको छ, हुँदाहुदा पर्यटकीय बजारभन्दा पनि तारको बजारजस्तो भइसकेको छ।' इन्टरनेट कम्पनीलाई ठमेलमा इन्टरनेट प्रवाह गर्न चाहने हो भने अन्डरग्राउन्ड गरेर तार ल्याउनलाई जानकारी गराइसेको उनको भनाइ छ।

    बिजुलीको पोलमा अव्यवस्थित तार 


    अव्यवस्थित रूपमा झुन्डिएकाले त्यस्ता सबै तार हटाउन लगिएको उनले जानकारी दिए। उनका अनुसार ६ वटा इन्टरनेट कम्पनीका तार छन्। सुबिसु, भायोनेट, वल्ड लिंक, स्पेस, क्लासिक टेक र नेपाल दुरसञ्चार प्राधिकरणको इन्टरनेट रहेको छ। सबै कम्पनीलाई तार हटाएर अन्डर ग्राउन्ड गरी तार ल्याएर इन्टरनेट प्रवाह गर्नलाई जानकारी गराइसक्दा पनि कम्पनीले नहटाएकोले विकास परिषद र स्थानीय व्यापारी मिलेर तार हटाएको उनको भनाइ छ।

    ठमेलमा केही दिन निःशुल्क वाइफाइ

    'केही दिन ठमेल इन्टरनेटरहित भएको छ। जसलाई व्यापारी र स्थानीय प्रतीक्षमा चाहन्छौँ,' उनले भने, 'तार हटाएपछि विकास र सौन्दर्यता पनि बढ्छ। केही दिन पर्खनुपर्छ। यसको पनि तत्काल समाधान हुन्छ।' नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेर इन्टरनेट नभएको ठाउँमा निःशुल्क वाइफाइ उपलब्ध गराउनलाई आग्रह गरिसकेको उनले बताए।

    तारका कारणले ठमेलमा दमकल छिर्न नसक्ने अवस्था छ, केही घटना घटयो भने त्यसलाई तत्काल नियन्त्रण गर्न सक्ने अवस्था नरहेको डंगोलले बताए। हरेक दृष्टिकोणले तारले ठमेललाई फाइदा नगरेको उनले जानकारी दिए।

    ठमेलको ज्याठा तार निकालेपछि


    बिना पूर्वतयारी तार हटाएकोले अनलाइनमार्फत व्यापार गर्नेलाई नोक्सान परेको ठमेल ज्याठाका पुस्तक पसल विदुर डंगोलले बताए। इन्टरनेटको वैकल्पिक व्यवस्था गरेर तार हटाएको राम्रो हुने डंगोल बताउँछन्। तार मात्र नहटाइ र साइन बोर्ड हटाएको भए राम्रो हुने उनको सुझाव छ। उनले भने, 'तार हटाउनु राम्रो काम हो। तर इन्टरनेटको समस्या हुने गरी हटाउनु हुँदैन थियो। तारले ठमेलको रूप नै बिगारिसकेको थियो।' 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]