काठमाडौँ : लामो समयपछि काठमाडौँ उपत्यकामा आज (आइतवार) साँझ हलुका वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अ...
- कांग्रेस महामन्त्री कोइराला अस्वस्थ
- शंशाकको स्वास्थ्य अपडेटः ओम अस्पतालमा ८ घण्टा
- अस्पताल भर्ना शशांकको अवस्था गम्भीर र स्थिर, हेर्नुस् अस्पतालको विज्ञप्ति
- शशांकको स्वास्थ्य बुझ्न को को पुगे अस्पतालमा?
- शशांकको उपचार गर्ने डाक्टरले भने - अहिले विदेश पठाउन सकिदैन
- शशांकको स्वास्थ्यमा केही सुधार
- शशांकको स्वास्थ्यमा सुधार : भेट्न गएका देउवा र पौडेलसँग हात मिलाउन खोजे
- शशांकको स्वास्थ्यमा सुधार, होस खुलेपछि आँशु खसाले
- चिकित्सक भन्छन्- शशांकको उपचारमा चमत्कार
काठमाडौं : बिरामी भएर उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा अवस्था अवलोकन र परामर्शका लागि शनिबार भारतको एम्स अस्पतालका डाक्टरहरु नेपाल आउँदैछन्।
उनीहरू उपचारका लागि नभई अवलोकन र परामर्शका लागि मात्र आउन लागेको कोइरालाको उपचारमा संलग्न चिकित्कस डा. लवनरसिंह जोशीले जानकारी दिएका छन्।
डा. जोशीका अनुसार कोइरालाको स्वास्थ्यमा अघिल्ला दिनमा भन्दा सुधार देखिएको छ। कोइरालाको शुक्रबार टाउकोको सिटीस्क्यान गरेको र अवस्था सामान्य रहेको डा. जोशीले जानकारी दिए।
'सिटीस्क्यानको रिपोर्ट नर्मल नै छ निमोनियाको इन्फेक्सन हो भन्ने देखिन्छ' शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले भने। उपचारमा संलग्न चिकित्सकहरुले कोइरालाको अवस्था अहिले पनि खतरा बाहिर नरहेको बताएका छन्। अवस्था क्रिटिकल नै छ उहाँ अझै आउट अफ डेन्जर होइन' डा. जोशीले भने।
कोइरालाले शुक्रबार दिउँसो दोहोरो कुराकानी गरेका छन् जुस पनि खाएका अस्पतालले जनाएको छ।
सम्बन्धित समाचारः
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।