समाज : सुरक्षा/अपराध

रतुवा मारेर भागबण्डा लगाइरहेका ५ जना पक्राउ

बैशाख १५, २०७७

    दाङ : डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले दाङको शान्तिनगर गाँउपालिका २ अमुवामा रतुवा शिकार गरी भागबण्डा लगाइरहेको अवस्थामा सोमबार पाँच जनालाई पक्राउ गरेको छ।

    उनीहरुलाई रतुवाको मासुसहित समातेर डिभिजन वन कार्यालयमा ल्याइएको निमित्त डिभिजन वन अधिकृत धरणीधर चौधरीले जानकारी दिए। वनक्षेत्र नजिकैको खोल्सीमा रतुवा देखेपछि त्यहाँ वरपरका स्थानीय जम्मा भई खुर्पा, ढुंगा, गुलेली प्रयोग गरी मारेको भन्ने खुल्न आएको चौधरीले बताए।

    मारिसकेपछि गाउँलेहरु मिली मासु भागबण्डा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउपर्नेमा शान्तिनगर गाँउपालिका २ अम्मुवाका रामबहादुर नेपाली, कलबहादुर भण्डारी, दिलबहादुर दमाई, तुलसीराम वली, ओपेन्द्रबहादुर भण्डारी छन्। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]