समाज

डडेल्धुरा अस्पतालका ‘जड्याहा’ स्वास्थ्यकर्मी प्रहरी खोरमा

बैशाख १६, २०७७

    डडेल्धुरा : डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालका एक स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। कोरोना भाइरसको रोकथामका लागि ज्यानै जोखिममा राखेर स्वास्थ्यकर्मी खटिरहेका बेला अस्पतालका एक कर्मचारी भने ड्युटीमै मदिरा सेवन गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

    प्रायः मादक पदार्थ सेवन गरेर अस्पताल आउने अस्पतालमा कार्यरत सिनियर अहेब दिलीपसिंह साउदलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। मादक पदार्थ सेवन गरेर अस्पतालमा होहल्ला गरेको भन्ने मौखिक जानकारी आएपछि बिहान साउलाई अस्पतालबाटै नियन्त्रणमा ल्याइएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।  

    ‘मदिरा सेवन गरेर हल्लाखल्ला गर्‍यो भनेर हामीकहाँ मौखिक जानकारी आएको थियो,’डिएसपी न्यौपानेले भने, ‘उहाँ (साउद) को मेडिकल चेकजाँच गराएर अहिले हामीले यहाँ लिएर राखेका छौं।’ केही समयअघि सरुवा भएर डडेल्धुरा अस्पताल आएका अहेब साउदलाई प्रहरीले तीन पटक थुनामा राखिसकेको छ। 

    मंगलबार मात्रै तेस्रो पटक उनीलाई नियन्त्रणमा लिएर थुनामा राखेको डिएसपी न्यौपानेले बताए। ‘हामीले नियन्त्रणमा लिएर थुनामा राखेका छौं, उनलाई कारबाहीका लागि अस्पताल प्रशासनले निर्णय लिन्छ होला। यसअघि पनि हामीले सम्झाइबुझाइ पठाएका छौं।’ 

    डडेल्धुरा अस्पतालको इमर्जेन्सी वार्डमा काम गर्ने उनले बिरामी मात्र होइन अस्पताल प्रशासनलाई समेत हैरान पारेका छन्। डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले ९ बजे प्रहरीले नियन्त्रणमा लिएको बताए। 

    उनलाई किन समातेको हो भन्ने विषयमा जानकारी नभएको प्रतिक्रिया दिए। उनले भने, ‘९ बजे सडकबाटै प्रहरीले पक्राउ गरेको छ किन गरेको हो भने थाहा छैन। होहल्ला गरेको होला त्यहीँ भएर समातेको होला। यस विषयमा हामी छलफल गर्दैछाैं।' अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विष्टले अहेव साउदलाई सडकबाट प्रहरी पक्राउ गरेको बताए पनि प्रहरीले भने अस्पताल परिसरबाटै लियन्त्रणमा लिएको दाबी गरेको छ।  

    गत वर्ष भेरी अस्पताल नेपालगञ्जबाट सरुवा भई डडेल्धुरा अस्पताल आएका उनले सुरुवाती दिनदेखि नै राम्रोसँग काम नगरेको बिरामीहरूको गुनासो बढ्दै गएको थियो।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]