राजनीति

तनुहँमा तरुण दलको विरोध सभामा प्रहरीको हस्तक्षेप

बैशाख १६, २०७७

    तनहुँ  : सरकारको पछिल्ला कदमको विरोध जनाउँदै सडक प्रदर्शन उत्रिएको नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दल व्यास नगर समितिलाई प्रहरीले हस्तक्षेप गरेको छ। 

    सञ्चारकर्मीले समाचार लेखेकै भरमा दण्डित हुनुपर्ने, सामाजिक सञ्जालमा आफ्नो विचार राख्नेलाई समेत सरकारले साइबर क्राइमको मुद्दा लगाएको विरोधमा तरुण दलले आज दमौलीमा विरोध कार्यक्रम गरेको थियो। 

    तरुण दल व्यास नगरका कार्यवाहक सभापति जीवनचन्द ठकुरीले बोल्ने क्रममा प्रहरीले तरुण दलको झण्डा खोस्न खोजेको थियो। सोही क्रममा नेविसंघका पूर्वसहमहामन्त्री लक्ष्मीभक्त खनाललगायतले प्रहरी हस्तक्षेपको प्रतिरोध गरेका थिए। 

    प्रतिरोधपछि झण्डा खोस्ने विषयमा प्रहरी पछाडि हटेको थियो। लगत्तै कार्यवाहक सभापति ठकुरीले कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए। कोणसभालाई सम्बोधन गर्दै नेपाली काग्रेस तनहुँका सचिव विश्व बास्तोलाले कोरोना भाइरसको मारमा परिरहँदा सरकार भने अपहरण र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका थिए।

    सरकारका यस्ता गतिविधि कांग्रेसलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बास्तोलाको भनाइ थियो। त्यस्तै कार्यक्रममा नेविसंघका पूर्व सहमहामन्त्री खनालले तनहुँबाट निर्वाचित सांसद र पूर्वआइजीपीको पछिल्लो हर्कतले सिंगो तनहुँवासीको शीर झुकाएको बताएका थिए। 

    उनीहहरुलाई तत्काल कारबाही गर्नुपर्ने मागसमेत खनालले गरेका थिए। कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीको निर्देशनअनुरुप भण्डारीको गृहजिल्ला तनहुँमा तरुण दलले विरोध कार्यक्रम आयोजना गरेको हो। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]