समाज

व्यावसायी सुलभ अग्रवालसँग मागियो २५ लाख ५० हजार धरौटी

थर्मल गन कालोबजारी गरेपछि पक्राउ परेका थिए

बैशाख १८, २०७७

    काठमाडौंः मानिसको शरीरको तापक्रम नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवसायी सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ।

    काठमाडौं जिल्ला अदालतले अग्रवालसँग २५ लाख ५० हजार  धरौटी मागेको हो। न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको बहसपछि उक्त धरौटी मागेको जिल्ला अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले बताए। 'अग्रवालले पैसा नबुझाइसकेकोले अहिले अदालतमै राखिएको छ,' उनले भने।

    महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई तीन साताअघि थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। प्रहरीले स्टिङ अप्रेसनमार्फत अग्रवाललाई नियन्त्रणमा लिएको थियो।

    ४/५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर अग्रवालले बिक्री गरेको महाशाखाको आरोप थियो। चीनबाट ल्याएका मेडिकल सामग्रीलाई अग्रवालले महँगो मूल्यमा बेचेको आरोप थियो।

    व्यवसायी अग्रवाल जगदम्बा समूहका सञ्‍चालक हुन्। उनीविरुद्ध विभिन्‍न चारवटा कसुरमा लिएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको थियो। कालोबजारी सम्बन्धी मुद्दाको सुनुवाई जिल्ला प्रशासन कार्यालयले गर्ने भएपनि एक वर्षभन्दा बढी कैद मागदावी भएपछि अदालतको क्षेत्राधिकारमा पुगेको थियो।

    एक वर्षसम्म कैद सजाय भएका कसुरको सुनुवाई जिल्ला प्रशासन प्रमुखले गर्दछन्। अग्रवाल नेपालका लागि कीर्गिस्तानका अवैतनिक महावाणिज्यदूत पनि थिए। सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको अपराधको दफा पनि उनीविरुद्ध लागु गरिएको थियो।

    प्रहरीले पक्राउ गरेलगत्तै परराष्ट्र मन्त्रालयले उनका सम्पूर्ण सेवा सुविधा फिर्ता गरेको थियो। उनले सरकारी सेवासुविधा वापत प्राप्त गर्ने निलो नम्बर प्लेटको गाडीमा थर्मल गन राखेर कालोबजारी गरेको प्रहरीको दाबी थियो। अग्रवालविरुद्ध १५ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]