स्थानीय निर्वाचन-२०७९

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुुष्टि

जेठ २५, २०७७

    काठमाडौं : गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांकअनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना थपिएका हुन्। 

    पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जा वालिङ र भीरकोट नगरपालिकाका १४ जना पुरुष छन्। त्यस्तै बाग्लुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाकाका १० जना छन्।

    त्यस्तै गोरखाको पालुङटार नगरपालिकाका र गण्डकी गाउँपालिकाका १० जना छन्। नपलपरासीको हुप्से गाउँपालिकाका ४ जना रहेका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]