समाज

जोरबिजोर प्रणालीमा खुलेको वीरगन्ज अनिश्चितकालीन बन्द

जेठ २५, २०७७

    पर्सा : थामी नसक्नुको भिड भएपछि जोरबिजोर प्रणालीमा खुलेका वीरगन्जका व्यापारिक फर्महरु आइतबारबाट पुनः अनिश्चित कालका लागि बन्द भएका छन्।

    जिल्ला सुरक्षा समिति पर्साको शनिबार साँझको नयाँ निर्णयले पसल बन्द गराएको हो। कोरोनाबाट बच्न र बचाउन आवश्यक मापदण्ड अपनाएर मात्र जोर बिजोर प्रणालीका आधार खोल्ने भनिएको थियो। त्यसमा उद्योगी व्यवसायीको पनि राय मिलेको थियो। 

    तर, गएको शुक्रबारबाट खुलेका यहाँका व्यापारिक फर्महरु ३ दिन कट्न नपाउँदै बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। आवश्यक सुरक्षा सतर्कताका लागि कुनै मापदण्ड नपु¥याएको र कोरोना संक्रमण फैलन सक्ने निष्कर्षसहित पुनः तत्कालका लागि व्यापारिक फर्म बन्द गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए। ‘संक्रामक रोग अझ बढ्न सक्ने गरी बढी भिडभाड र आवश्यक सुरक्षा मापदण्ड समेत नअपनाएको पाइयो,’ उनले भने।  

    अत्यावश्यकीय सामानहरुको हकमा भने पूर्ववत् अवस्थामा नै व्यापारिक फर्महरु खोल्न र बन्द गर्न भनिएको उनले बताए। अर्को निर्णय नहुन्जेल तत्काललाई यही निर्णय कार्यान्वय गरिने उनको भनाइ छ। 

    लकडाउनको कारण गएको चैत ११ गतेबाट बन्द वीरगन्ज बजारका पसलहरु गएको जेठ २३ गते ७४ औं दिनमा जोर विजोर प्रणालीका आधारमा खुलेका थिए, तर तीन दिन बित्न नपाउँदै पुनःबन्द भएका छन। 


    मास्क ग्लोबस् र सेनिटाइजर जस्ता सामान्य कुरामा पनि कसैले उति ध्यान नदिएको पाइसपछि सुरक्षा निकायले बन्द गरको हुन सक्ने वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधवलाल राजपालले बताए। 

    त्यसरी खुलेका पसलहरुमा रेडिमेट कपडा, कस्मेटिक, इलेक्ट्रोनिक्स, इलेक्ट्रिक आदिका थिए। साथै हार्डवेयर, साइकल, मोटरपार्टस्, अटोवक्र्स, भाँडा वर्तन, सुनचाँदी, फर्निचरलगायत पसल पनि खुलाइएका थिए। 

    बैंक वित्तीय संस्था भने नियमित खुल्ने      

    संकट व्यवस्थापन केन्द्र पर्साको पछिल्लो निर्णयअनुसार औषधि पसलहरु २४ घण्टा नै खोलिने भएको छ भने बैंक तथा वित्तीय संस्था नियमित खोल्ने निर्णयमा उल्लेख छ। त्यसै गरी तरकारी तथा खाद्यान्न, दूध, पानीलगायत दैनिक उपभोग्य अत्यावश्यक वस्तुका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्ने पाइने पहिलेकै निर्णयअनुसार हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

    सबै प्रकारका मालवस्तु ढुवानी साँझ ७ बजेपछि  

    पशु आहार, खाद्य, किराना, कृषि उत्पादन, मल, बिउ, माछा, कुखुरा तथा सोको दाना, सिमेट, निर्माण सामग्री र मालढुवानी सबै हरेक दिन साँझ ७ बजेपछि खुलाइने भनिएको छ। 

    सार्वजनिक सवारी र सिनेमा हललगायत बन्द 

    सार्वजनिक सवारी जस्तै बस, टेम्पो, अटोरिक्सालगायत भने अहिले पनि पूर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। त्यस्तै सिनेमा हल, जिमखाना, होटल रेस्टुरेन्ट, सैलुनलगायत संस्था पनि पूर्ण रुपमा बन्द रहनेछन्। त्यसै गरी मठ, मन्दिर, मस्जिद, गुम्बा र मानिसको बढी भिडभाड हुने कुनै पनि अन्य फर्म तथा संस्था खोल्न पाइने छैन। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]