समाज

राजनितिमा अघि बढ्न बुवाको अझ बढी योगदान छ : नेता नेपाल

स्व.मङगलकुमार उपाध्याय नेपालको स्मृतिग्रन्थ विमोचन गर्दै राष्ट्रकवि माधवप्राद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी लगायत । फोटो : दिपक केसी
जेठ २८, २०७३

    काठमाडौं - पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल २५ जेठमा राजनितीक भेटघाटमा नभई फरक प्रसंगमा भेटिए । १ वर्ष पहिले निधन भएका पिता मङ्गलकुमार उपाध्याय नेपालको स्मृतिमा प्रकाशन गरिएको मङ्गलकुमार उपाध्याय नेपाल स्मृतग्रन्थको विमोचन समारोहमा नेपाल उपस्थित भएका थिए । विल्कुल पारिबारीक कार्यक्रममा सहभागी भएका नेकपा एमालेका बरिष्ठ नेता नेपाल निकै भावुक देखिन्थे । २०७२ जेठ ५ गते १०० वर्षको उमेरमा निधन भएका मङ्गलकुमार उपाध्याय नेपालको स्मृतिमा प्रकाशन गरिएको स्मृतिग्रन्थ राष्ट्रकवी माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशीले विमोचन गरेका हुन् । ग्रन्थको विमोचन गर्दै राष्ट्रकवि घिमरेले पूर्वीय साहित्यको महत्वपूर्ण ज्ञान/अध्यन भएका मङ्गलकुमार नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिने व्यक्तित्व भएको बताए । जीवनकालभर शिक्षा र साहित्यको क्षेत्रमा जीवन खर्चिएक मङ्गलप्रसादले आदर्श जीवन बिताएर संसारबाट बिदा लिएको समेत घिमिरेले बताए । कार्यक्रममा परिवारका तर्फबाट मन्तव्य व्यक्त गर्दै नेता तथा स्व.मङ्गलप्रसादका जेष्ठ शुपुत्र माधवकुमार नेपालले आफ्नो अहिलेको पावर, पोजिशन सबैका लागि आमा, घरपरिवार विशेषगरी बुवाको महत्वपुर्ण भूमिका रहेको बताए । जीवनमा असल मातापिता बन्न सक्नु । असल अभिभावक बन्न सक्नु निकै ठूलो कार्यभार हो । मातापिता भइसकेपछि असल बन्नका निमित्त हामीले भूमिका खेल्नुपर्छ । त्यो भूमिका मेरो बुवाले निर्वाह गर्नुभयो । मलाई मात्र नभएर मेरा सम्पुर्ण परिवारका निमित्त बुवाले असाध्यै राम्रो र साकारात्मक बातावरण हामीलाई दिनुभयो-नेता नेपालले भने, मलाई राजनितिमा अगाडी बढ्नका निमित्त बुवाको ठुलो प्रेरणा छ ।जीवनमा असल मान्छे बन्न सक्नु निकै ठूलो कुरा रहेको र असल मान्छे बन्न बुवाको प्रेरणा रहेको नेपालले बताए । उनले बुवाले शिक्षा र साहित्यको क्षेत्रमा दिएको योगदान आफु र आफ्ना परिवारका लागि मात्र नभएर आफ्नो क्षेत्र विशेषगरी गौर क्षेत्रमा शैक्षिक विकासका निमित्त महत्वपुर्ण रहेको बताए । कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा अहिले पनि थुर्पै प्रतिभाहरुका बारेमा चर्चा नहुने गरेको बताउदै मङ्गलप्रसाद पनि नेपाली साहित्य क्षेत्रले चिन्न नसकेको त्यही प्रतिभामध्येको एक भएको बताए । नेपाली साहित्यको विकासका निमित्त मङ्गलप्रसाद जस्ता प्रतिभाको महत्वपुर्ण भूमिका भएको र केन्द्रमा रहेका मात्र नभएर आञ्चलिक प्रतिभाहरुको पनि खोजिनिती गरिनुपर्ने जोशीले बताए । त्यस अवसरमा ग्रन्थको समिक्षा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जिवेन्द्रदेव गिरीले ७८४ पेजको ग्रन्थमा मङ्गलप्रसादका जीवनी, जीवनकालमा गरेका कार्यहरु, संस्मरण तथा समिक्षा समेटिएको बताए । कृति मङ्गलप्रसादका बारेमा विश्तृत परिचय सहित प्रकाशन गरिएको भन्दै यसले समग्र नेपाली साहित्य क्षेत्रलाई समेत योगदान दिने उनले बताए । कार्यक्रममा मङ्गलप्रसादकी कान्छि छोरी बसुधा नेपाल पोख्रेलले जीवनको अन्तिम समयसम्म पनि कसैलाई भेदभाव नराख्ने र सकारात्मक सोचका धनि आफ्ना बुवाबाट ठुलो प्रेरणा मिलेको बताइन् । वि.सं. १९७३ असोज २५ गतेका दिन जन्मिएका मङ्गलप्रसादको १०० वर्षको उमेरमा २०७२ जेठ छ गतेको दिन निधन भएको थियो । नेपाली तथा संस्कृत भाषा साहित्यमा दख्खल भएका मङ्गलप्रसादको योगदान नेपालको शैक्षिक एवं साहित्यिक इतिहासमा उल्लेखनिय मानिन्छ । वि.सं. १९९३ सालमा स्थापित जुद्ध हाइस्कुलका संस्थापक उनी २०४० सालमा स्थापना भएको रौतहट बहुमुखी क्याम्पसका संस्थापक समेत हुन् । साहित्यका विविध विधामा कमल चलाएका उनको १३ वटा विभिन्न विधाका कृति प्रकाशित छन् । २०१२ सालमा कादम्बरी कथा कुसुम नामक आख्यान प्रकाशन भएपछि बाँकी सबै कृतिहरु ८० वर्षको उमेर पार गरेपछि मात्र प्रकाशन भएको स्मृतिग्रन्थका प्रधान सम्पादक डा.देवी नेपालले बताए । उनका कादम्बरी कथा कुसुम (२०१२), नयाँ सजिलो व्याकरण (२०२०), संस्कृत साहित्य (२०२०), संस्कृत रचना परिचय (२०२०), अरुणिमा (२०५२), आर्य जगत्का महाविभूतिहरु (२०५५), परम पुरुषार्थी दानवीर कर्ण (२०५९), सङ्क्षिप्त श्रीमद्भागवत कथामृत (२०५९), आदर्श नारीरत्नहरु (२०६२), ऋषि, महर्षि र परमर्षिहरुका कथा तथा लोकप्रिय श्लोकहरु (२०६३), संस्कृत व्याकरण प्रकाश (२०६६), संस्कृत काव्यकथा कुसुम (२०६७) र संस्कृतका एघार नाटक (२०६८) नामक कृति प्रकाशित छन् । मङ्गलकुमार उपाध्याय नेपाल स्मृतिग्रन्थ प्रकाशन समितिले ग्रन्थ प्रकाशन गरेको हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]