समाज

मन्त्रीज्यूले मान्नुपर्दैन लेन अनुशासन?

१५ फोटोमा हेर्नुस् सडकमा जे देखियो

फोटोः दीपक केसी/थाहाखबर
असार १, २०७३

    काठमाडौं : सडकमा लेन डिभाइडर किन राखिन्छ तपाईँलाई थाहा छ? पक्की सडक देखेका धेरै मनिसका लागि यो सामान्य प्रश्न हुन सक्छ। तर जसका लागि यो बनाइएको हो उसले नै पालना नगरेपछि नियमको के अर्थ?

    लेन छुट्याउन सडकमा बनाइएको रेखाको अर्थ होः विपरित दिशाबाट आउने सवारीसाधन गुड्ने सीमा छुट्याउनु। सामान्यतयाः यो लाइनबाट बाहिर गएर सवारी चलाउनु हुँदैन। यसैलाई ट्राफिक प्रहरीले लेन अनुशासन भन्ने गरेको छ। लेन अनुशासन तोड्दा एक त विपरित दिशाबाट आउने सवारीसँग ठोक्किएर दुर्घटना हुनसक्छ भने अर्को विपरीत दिशाबाट आएको सवारी साधनलाई छेकेर सडकमा ट्राफिक जाम गराउँछ। त्यसैले त लेन अनुशासन तोड्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाहीस्वरुप जरिवाना लिने गर्छ।

    काठमाडौंको सडकमा सवारी चलाउने अधिकांश चालक, चाहे ती सार्वजनिक गाडी चलाउने हुन् वा निजी वा मोटरसाइकल नै, लेन अनुशासन मिच्न खोज्छन्। अझ उनीहरु ट्राफिक प्रहरीले भेट्ला र जरिवारा गर्ला भनेजस्तो गरेर लेन अनुशासन तोड्छन् र भाग्छन्। यस्तै दृश्य देखियो बुधबार बिहान व्यवस्थापिका संसद भवन अगाडिको सडकमा।

    लेन डिभाइडर कटेर सवारीसाधन चलाउँदा कार्यालय समयमा जाम हुने क्रम बढेपछि ट्राफिक प्रहरीले चालकहरुलाई लेन अनुशासनबारे जानकारी दिन कार्यक्रम गरेको थियो। २०/२५ जना ट्राफिक प्रहरीले बानेश्वर चोकदेखि मिनभवनसम्म लाइन लागेर लेन डिभाइडरभन्दा बाहिर जाने सवारी चालकलाई त्यसो नगर्न सचेत गराउँदै थिए। अझ नजिक आउनेलाई ट्राफिक प्रहरीले सम्झाउँदै थिए। अझ अटेर गर्नेलाई उनीहरुले जरिवाना गर्दै थिए। त्यो अटेर थिएन, बरु ट्राफिक प्रहरीको उपस्थिति नदेखेर सधैँ झैँ गरेको आचरण थियो।

    ट्राफिक प्रहरीले नियमन गरिरहँदा सबैजसो सवारी साधनले लेन अनुशासन पालना गरिरहेका थिए। एक दुईजना बाहेक जो झुक्किए कि त्यहाँ ट्राफिक प्रहरी छैन भनेर, उनीहरु जरिवानामा परे। बाँकी जसले अगाडि ट्राफिक प्रहरी देखे, उनीहरु लेन अनुशासन पालना गर्दै लाइनमा बसेका थिए। उनीहरुमा अरु बेला जस्तो कसैलाई जित्ने होडबाजी थिएन।

    तर एकैछिना पुष्टि भयो, नियम पालना एकछिनका लागि थियो, आँखा अगाडि ट्राफिक प्रहरी देखुन्जेललाई थियो।  तर यहा रमाईलो कुरा के भने यो नियम पालना सबारी चालकहरु अगाडि ट्फिक देखुन्जेल मात्र हो। त्यहाँ त ‘रमाइलो’ दृश्य पो देखियो। ट्राफिक प्रहरीको टोली जब त्यहाँबाट अर्को ठाउँतिर लाग्यो, लेन डिभाइडर कटेर तछाडमछाड गर्दै मोटरसाइकल चलाउनेदेखि गाडी चलाउनेसम्मको राज देखियो।

    लाग्थ्यो, ट्राफिक प्रहरीले लेन डिभाइडर नै अन्त सार्‍यो। तर त्यस्तो कसरी हुन्थ्यो? लेन डिभाइडर जहाँको तहीँ थियो र काठमाडौंका सवारी चालकको मानसिकता र हतारो पनि।

    के ट्राफिक प्रहरीले लौरी लगाइन्जेलमात्र हामीले नियम पालना गर्ने हो र? के जतिबेला पनि ट्राफिक प्रहरीले लेन अनुशासनका लागि सडकभर टोली खटाउन सम्भव होला र? के हामी आफैले बुझेर नियमको परिधिभित्र रहेर सवारी चलाउनुपर्ने होइन र?  

    यही बीचमा झण्डा हल्लाउँदै मन्त्री ज्यूको गाडी आइपुग्यो। अरु त अरु मन्त्री ज्यूको गाडीले पनि लेन अनुशासन पालना गरेको थिएन। मन्त्री ज्यूले चाहिँ लेन अनुशसन मान्नुपर्ने हो कि होइन?

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। .

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]