राजनीति

सबैलाई आफ्नो धर्म संस्कृति मान्ने अधिकार छः गृहमन्त्री

असार १, २०७३

    काठमाडौं : गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको संविधानअनुसार सबै नेपालीलाई आफ्नो धर्म र संस्कृति मान्ने अधिकार भएको बताउनुभएको छ। 

    गृह मन्त्रालयमा आज राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले संविधानले कुनै पनि जातजाति, भाषाभाषी, धर्म संस्कृतिलाई विभेद नगरेको अवगत गराउनुभयो। 

    महासङ्घले गत जेठ २८ गते दोलखाका विद्यालयमा भूकम्पसम्बन्धी सचेतना कार्यक्रम गर्ने क्रममा ख्रीष्टियन समुदायका आठ जना व्यक्तिलाई प्रहरीले धर्म प्रचारको आरोपमा पक्राउ गरेको जानकारी गराउँदै उनीहरुको रिहाइको माग गरेको थियो। 

    सबैलाई स्वतन्त्रतापूर्वक आ–आफ्नो धर्म र संस्कृति मान्न पाउने र वकालत गर्ने अधिकार भए पनि त्यसका लागि समय, स्थान र सन्दर्भका बारेमा ध्यान पु¥याउन आग्रह गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “विद्यालयमा धार्मिक कार्यक्रम गर्नु उपयुक्त होइन।” उहाँले धार्मिक विषयका घटनालाई कसैले पनि अनावश्यक रुपमा विवादमा नल्याइदिन पनि आग्रह गर्नुभयो। 

    कार्यक्रममा महासङ्घका महासचिव सिबी गहतराजले ख्रीष्टियन समुदायले सबै धार्मिक समुदायलाई सम्मान गर्दै धार्मिक सद्भाव र एकता चाहेको बताउँदै भन्नुभयो, “हामी कसैको पनि धर्म जबर्जस्ती परिवर्तन गर्न चाहँदैनौँ। नागरिकले आफ्नो धर्म मान्न पाउने, छान्न पाउने र अभ्यास गर्न पाउने अधिकारलाई कसैले पनि बन्देज गर्न हुँदैन।” 

    दोलखा प्रहरीले धर्म प्रचार गरेको आरोपमा जेठ २८ गते बनिता डङ्गोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल र भीमबहादुर तामाङलगायत चरिकोटस्थित माउन्टभ्याली बोर्डिङका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाहीलाई पक्राउ गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]