खेलकुद

भार्गासको ४ गोलमा चिलीसँग मेक्सिकोको लज्जास्पद हार

असार ५, २०७३

    मेक्सिकोलाई ७-० को फराकिलो अन्तरले हराउँदै चिली कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा चिलीका लागि एडुरो भार्गास एक्लैले ४ गोल गरे भने एड्सन पुचले २ र  एलेक्सेज साञ्चेजले एक गोल गरे।

    चिलीले मेक्सिकोलाई सेमिफाइनलमा पुग्नबाट मात्र रोकेन, उसको २२ खेलदेखिको अपराजित यात्रा पनि अन्त्य गरिदियो। चिलीले फाइनल प्रवेशका लागि आउँदो बुधबार कोलम्बियाको सामना गर्नेछ।

    खेलमा चिलीले १६ औं मिनेटमा एड्सन पुचको गोलबाट अग्रता लिएको थियो। मार्सेलो डियाजको प्रहारलाई मेक्सिकन गोलकिपरले रोक्दा फर्किएको बललाई पुचले पोस्टको दिशा दिएका थिए।

    पुचले खेलको ८८ औ मिनेटमा अर्को गोल पनि गरे। चिलीका लागि एडुरो भार्गासले ४४ औं, ५२ औं, ५७ औं र ७४ औं मिनेटमा गोल गरे। त्यस्तै साञ्चेजले ४९ औं मिनेटमा गोल गरे।

    भार्गासले चालु कोपा अमेरिकाको सेमिफाइनल र फाइनल खेल बाँकी हुँदैमा ब्यक्तिगत गोल संख्या ६ पुर्‍याएका छन्। उनीभन्दा २ गोल कम गरेका अर्जेन्टिनाका लियोनेल मेसी दोश्रो स्थानमा छन्। भार्गासाले सन् २०१५ को कोपा अमेरिकामा पेरुका पाउलो गुरेरोसँग संयुक्त रुपमा गोल्डेन बुट पाएका थिए। त्यतिबेला उनले प्रतियोगिताभरी ४ गोल गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]