खेलकुद

युरोकप समूह चरण सकियो, नकआउट चरणका खेल शनिबारदेखि

असार ९, २०७३

    काठमाडौं- मिनी विश्वकपमानिने युरोकप फुटबलको पहिलो चरण पूरा भएर क्रिष्टियानो रोनाल्डोको पोर्चुगलसहित नकआउट चरणमा पुगेका छन् ।
    बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पनि हंगेरीसँग पोर्चुगल ३–३ गोलको बराबरीमा रोकिँदै नकआउटको १६ टिममा स्थान बनाएको हो । चार टिम रहेको समूहमा तेस्रो हुँदै पोर्चुगलले स्थान बनाएको हो । पोर्चुगलसँग हारे पनि हंगेरी समूह एफको विजेता बन्दै अघिल्लो चरणमा पुगेको छ । स्टार खेलाडी नचम्किएको यस युरोकपमा रोनाल्डोले गोल दुई गोल गरे 

    पोर्चुगलले समूह डीको विजेता क्रोएसियासँग खेल्ने छ । 
    यसैबीच बेल्जियम युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ । बुधबार राति समूह चरणको अन्तिम खेलमा स्वीडेनलाई १–० गोलले ले हराउँदै बेल्जियमले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।
    उता बुधबार राति भएको समूहको आफ्नो अन्तिम खेलमा आइसल्याण्डले अस्ट्रियालाई २–१ ले हराएको छ । युरोकपमा पहिलो पटक सहभागिता जनाएको आइसल्याण्ड समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । 
    समूह चरणको अन्तिम खेलमा बलियो टिम इटाली पराजित भए पनि उ समूह विजेता बन्दै अघिल्लो चरण पुगेको छ । उससलाई १-० ले हराउँदै रिपब्लिक अफ आयरल्याण्ड युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
    युरोकपको नकाउट चरणका खेल आगामी शनिवारबाट हुनेछन् ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]