|

काठमाडौँ : नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीले अझ राम्रोसँग प्रेसरलाई म्यानेज गर्नुपर्ने बताएका छन्।

वेस्ट इण्डिज ‘ए’सँगको दोस्रो टी–२० क्रिकेटमा आइतवार हार व्यहोरेपछि प्रशिक्षक मोन्टीले उक्त धारणा व्यक्त गरेका हुन्। बलिङमा साझेदारी राम्रो रहेको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले सागर ढकाल र कुशल भूर्तेलको बलिङ सुखद रहेको बताए।

प्रशिक्षक मोन्टीले राम्रो शुरुवात गरे पनि लोकेश बमको क्रयाम्पपछि मोमेन्टन चेन्ज भएको प्रतिक्रिया दिए। पावर प्लेमा छिट्टै विकेट पतन हुँदा दबावमा परेको उनको भनाइ छ तर त्यो दबाव नेपालले अझै राम्रोसँग म्यानेज गर्नसक्ने प्रशिक्षक मोन्टीको बुझाइ छ।

प्रशिक्षक मोन्टीले टी–२० मा यस्तो अवस्था आउने बताए तर यहाँबाट सिक्नुपर्ने उनको भनाइ छ। प्लेइङ एलाभेनमा सबैलाई आफ्नो भूमिका राम्रोसँग दिइएको हुने तर आज त्यसअनुसार हुन नसकेको प्रशिक्षक मोन्टीको भनाइ छ। उनले आजको खेलमा ब्याटिङ साझेदारीमा कमी देखिएको पनि बताए। यद्यपि रोहितले राम्रो खेलेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.