|

रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवामा एक युवकले पाँज जना साथीको हत्या गरेका छन्‌।

गएराती बञ्चरो प्रहार गरी पाँचजनाको हत्या भएको हो। मैनहवाको एक कुखुरा फार्ममा शव फेला परेपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिएका छन्‌। 

कुखुरा फार्ममै चार जनाको हत्या भएको र अस्पताल लैजाँदै गर्दा एकजनाको ज्यान गएको जानकारी प्राप्त भएको छ। ज्यान गुमाउनेमा चार जना पुरूष र एक महिला रहेका छन्‌। 

हत्याको कारण खुलिसकेको छैन। हत्यामा संलग्न भएको आश‌ंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.