|

उषा रेग्मी

नुवाकोट : जिल्ला अनुगमन तथा समन्वय समिति नुवाकोटले तीन महिनाका लागि नदी उत्खननमा रोक लगाएको छ।

बुधबार जिल्ला समन्वय समितीको सभाहलमा आयोजित प्राकृतिक श्रोतसाधन को  १२ वटै स्थानीय सरकार प्रमुखसहितको समन्वय बैठकमा असारदेखि असोजसम्म तीन महिना नदी उत्खननमा रोक लगाएको हो।

बैठकले जिल्लाको त्रिशूली, तादी, लिखु, फलाखु, सलाखु, सामरी, कोल्पु लगायतका खोलाबाट बालुवा, ढुङ्गा, गिट्टी लगायतका सामग्री उत्खननमा पूर्ण निषेध गर्नुका साथै उत्खनन गर्ने सामान बगरमा लगे पनि त्यस्तो कार्य आपराधिक मानेर नियन्त्रण गर्न प्रहरी परिचालन गरिने निर्णय गरिएको छ।

असार १ गते भन्दा अगाडि उत्खनन गरेको सामाग्रीलाई स्टक प्रमाणित गरि बिक्री वितरण गर्न पाइनेछ। 

कार्यक्रममा  बोल्दै जिल्ला समन्वय समितीको प्रमुख सन्तमान तामाङले नदीजन्य पदार्थको उपयोग सहि तरीकाले हुन नसकेको बताएका छन्। 

उनले नदीजन्य पदार्थको सही उपयोगका लागि अनुगमनमा थप  कडाइ गनुपर्ने र असार १ बाट भदौ मसासन्तसम्म नदीजन्य सामाग्री उत्खनन गर्नेलाई मुद्दा लगाउने निर्णय भएको  बताएका छन्।

यस्तै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले अब असार साउन भदौ ३ भर कुनै पनि मेसीन औजार प्रयोग गरेर नदीजन्य वस्तु उत्खनन गर्न नपाइने बताए। यदि कसैले नियमविपरीत गरेमा कानुन बमोजिम कारवाही गरिने जानकारी दिए। उनले अनुगमनलाई समेत कडाई गरीने बताएका छन्।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख अभिनारायण काफलेले नगरपालिका वा गाउँपालिकास्तरबाटै एकजना अनुगमनका लागि खटाउनु पर्ने बताएका छन ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले कानुनको दायरमा रहेर अब असार, साउन, भदौ ३ महिना नदीजन्य पदार्थ उत्खनन नगर्ने बताए। उनले कसैले कानुनविपरीत कार्य गरेमा कानुनको दायरामा लान प्रतिबद्धता जनाएका छन्। 

लिखु गाउँपालिकाका अध्यक्षय धुव श्रेष्ठले नियम विपरीत सञ्चालित क्रसरहरुलाई उत्खनन गर्न नदिएको बताएका छन्। कार्यक्रममा उपस्थित सबै सरोकारवालाले आफ्नो क्षेत्रमा नदी उत्खनन हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.