|

उदयपुर : सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा खाता खोल्न गएका ८२ वर्षीय एक वृद्ध बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ। त्रियुगा नगरपालिका–१२ धरमपुरका कृष्णबहादुर राउत सोमबार १० वजेतिर वृद्धा भत्ताको लागि बैंकमा खाता खोल्न जाँदा बेहोस भएर मृत्यु भएको हो।

खाता खोल्न माध्यमिक विद्यालय त्रिनपा–१२ को कालिखोलाको गेटसम्म पुग्नसाथै मृतक राउतले वान्ता गरेको र बेहोस भई मृत्यु भएको स्थानीय इन्द्र थापाले जानकारी दिए।

त्रियुगा नगरपालिकाले यस वर्षदेखि वृद्ध–वृद्धाले पाउने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरणका लागि खाता खोल्ने अभियान चलाएको छ। सनराइज बैंङ्कका कर्मचारीहरु टोलमै पुगेका बेला खाता खोल्न आएका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.