|

रुकुम : पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनाको अनुसन्धानको लागि थप ३ जना स्थानीय पक्राउ परेका छन्। 

घटनाको थप अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए। पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन रहेका छन। 

घमण्ड र बिष्णु मृतक परिवारले कर्तब्य ज्यानको किटानी जाहेरी गरेका फरार ब्यक्ति हुन भने सबिन थप अनुसन्धानका लागि पक्राउ गरिएका हुन्। योसँगै मृतक परिवारले २० जनालाई किटानी जाहेरी गरेकोमा उनीहरु सबै पक्राउ परिसकेका छन्। किटानी जाहेरी गरेकासँगै प्रहरी थप अनुसन्धानका लागि अन्य ८ जनालाई पक्राउ गरेसँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या २८ पुगेको छ। 

यसअघि पक्राउ परेकालाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उक्त घटनाको अनुसन्धान प्रकृया अन्तिम चरणमा पुगेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.