|

रुकुम : रुकुम पश्चिमको चौरजहारी अस्पतालका २ जना डाक्टरसहित ७ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ। अस्पतालमा उपचारका लागि आएर रिफर गरिएका एक बिरामी र काजमा खटिएर आएका एक कर्मचारीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि स्वास्थ्यकर्मीहरुलाई शंकास्पद रुपमा लिएर क्वारेन्टाइनमा राखिएको अस्पतालले जनाएको छ।

अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालमा खटिई आएका एकजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो।

त्यस्तै, नेपालगंज मेडिकल कलेज कोहलपुरमा पेटको उपचारको लागि सर्जिकल वार्डमा भर्नारत रुकुम सानीभेरी गाउँपालिकाका ८२ वर्षीय वृद्धमा पनि कोरोना पोजिटिभ देखिएको छ। उनी जेठको तेस्रो साता चौरजहारी अस्पतालमा भर्ना र उपचार गराई नेपालगंज रिफर गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.