|

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले विगतमा मधेशी मोर्चासँग भएको सहमति अनुसार मुद्दा फिर्ताको प्रक्रिया तत्काल टुग्याउन निर्देशन दिएका छन्। गृह मन्त्रालयलमा मंगलबार गृहसचिव लोकदर्शन रेग्मीलाई मन्त्री निधिले मधेस अान्दोलनका क्रममा प्रर्दशनकारीहरुमााथि लागेको मुद्दा तत्काल फिर्ता लिन  निर्देशन  दिएका हुन्।

यस्तै उनले नागरिकता संशोधन सम्बन्धी विधेयक र विपद् व्यबस्थापन सम्बन्धी बिधेयक यथाशीघ्र पेश गर्न समेत निर्देशन दिएका छन्। गृहमन्त्री निधीले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई कसैसँग कुनै पनि सम्झौता नगरी दृढतापूर्वक शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रण र कानुनी शासनको पालनामा कसैसँग सम्झौता नगर्न निर्देशन दिएका हुन्।

‘अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न कसैसँग सम्झौता नगर्नुहोस् कानुनी शासनको पालनामा दृढतापूर्वक लाग्नुहोस्, मेरो सधै सहयोग हुन्छ’, उनले निर्देशन दिँदै भने– ‘सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्नुहोस् सुन तस्करी, लागूऔषधका साथै सामाजिक तथा आर्थिक अपराध नियन्त्रणमा कडाई गर्नुहोस्।’

सोमबार मात्र जिम्मेवारी पाएका नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई पहिलेको नेतृत्वले गरेका कामलाई निरन्तरता दिन समेत गृहमन्त्री निधीले आग्रह गरेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.