|

रुकुम : रुकुम पश्चिम सानीभेरी गाउँपालिका ९, सुलिहालेका नरेन्द्र भण्डारीले फलफूल नर्सरी गर्न थालेको लामै समय भयो। तर पहिले शुरुवातको नर्सरी र अहिलेको नर्सरी धेरै परिवर्तन भइसकेको छ। आफ्नै लगानीमा शुरु गरेको शसि नर्सरी तथा फलफूल नर्सरीमा अहिले स्थानीय तथा प्रदेश सरकारबाट अनुदान र प्रोत्साहन रकम उपलब्ध भएपछि नर्सरी थप व्यवस्थित र व्यवसायीकरणमा ठूलो सहयोग पुगेको छ।

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग सडक छेउमै पर्ने उक्त नर्सरीबाट फलफूलका विरुवाहरु किनेर किसानसामु लिनसमेत सहज छ। यसअघि जसोतसो नर्सरी संचालन गरिरहेको भए पनि कर्णाली प्रदेश सरकारबाट केही रकम सहयोग भएपछि नर्सरी व्यवस्थापनमा ठूलो सहयोग पुगेको उनको भनाइ छ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयबाट उनको फलफूल नर्सरीलाई व्यवस्थित तथा भौतिक निर्माणका लगायतका कामका लागि मन्त्रालयबाट साढे सात लाख र फार्म संचालकको साढे सात लाख गरी १५ लाखको लागत रहेको छ।

मन्त्रालयको कार्यक्रम जिल्ला तहमा कृषि विकास कार्यालय मार्फत कार्यन्वयन हुँदै आएको छ।'सरकारी अनुदानपछि नर्सरी व्यवस्थानमा ठूलो सहयोग पुगेको छ, सिँचाइ सुविधा गराउनेदेखि नर्सरीको लागि पलाष्टिक हाउस निर्माणले स्वस्थ्य विरुवा हुर्काउन सहज भएको छ’ संचालक भण्डारीले भने, ‘बाहिर खुल्लामा नर्सरी विरुवा लगाउँदा रोग किराको प्रकोप हुने गरेको थियो तर अनुदानपछि पलाष्टिक हाउसहरु निर्माण गर्दा त्यस्तो समस्या छैन।’

यस नर्सरीमा आँप, कागती, लिची र किबी लगायतका बिभिन्न विरुवाहरू उत्पादन हुँदै आएको छ भने जिल्लासहित बाहिरी जिल्लामा समेत जाने गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.