|

  • भूपाल थापा

कपिलवस्तु : पकडीमा १७ वर्षिया किशोरीलाई सामुहिक बलात्कार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले सामूहिक जबर्जस्ती करणीको अभियोगमा पकडी गाविस वडा नं. ४ पिचुर्खीका २० वर्षिय 'बब्लु' भनिने अब्दुल रसिद मुसलमान र सोही ठाँउ निवासी २० वर्षिय राहत हुसेन मुसलमानलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

उनीहरुमाथि २६ गते बिहान १० बजे बाँसखोर गाविसस्थित मर्छि खोल नजिकै एक युवतीलाई बलात्कार गरेर भिडियो खिचेको आरोप छ। सामूहिक बलात्कारमा ६ जना संलग्‍न भएको भनिएपनि प्रहरीले २ जनालाई मात्रै पक्राउ गरेको छ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक शाहले पक्राउ परेका अभियुक्तहरुलाई आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । सामुहिक बलात्कारमा संलग्‍न अन्य फरार भएकाहरुको विशेष प्रहरि टोली गठन गरि खोजतलासको लागी प्रहरी परिचालन गरिएको जानकारी प्रहरीले दिएको छ।

प्रहरीले बलात्कारको अभियोग लागेका शिवराज नगरपालिका वडा नं. १० प्रगतिटोल बस्ने १८ वर्षिय भिमबहादुर कुँवर छन्। उनले एलकेजी कक्षामा अध्ययन गर्ने ६ वर्षिय नाबालिकालाई बलात्कार गरी हत्या गरेका थिए। शोभाखर अधिकारीको छोरी ६ बर्षिय सीतालाई बलात्कार गरि जुवाइखोलामा फालेको आरोपमा पक्राउ परेका कुँवरलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक भोजजंग शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.