|

काठमाडौं :  गत माघ ९  उवानबाट अध्ययन गरेर फर्किएका एक नेपाली विद्यार्थीमा पहिलो पटक कोरोना भाइरस ( कोभिड १९) पुष्टि भएको थियो।

संक्रमण एक पहिलो केस देखिएको पाँच महिना पूरा हुँदा नेपालमा संक्रमितको संख्या १२ हजार नाघेको छ। पछिल्लो दुई सातादेखि संक्रमितको संख्या दैनिक औसतमा ४३५ ले बढिरहेको छ। पछिल्लो दुई साताको तथ्यांक हेर्दा नेपालमा हाल दैनिक औसतमा पाँच हजार  माथि नमूना परिक्षण हुदै आएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।

पहिलो पटक माघ ९ गते कोरोना भाइरस संक्रमण नेपालमा पुष्टि भएको थियो। त्यसको ८१ दिनपछि चैत ३० गते संक्रमित संख्या १२ जना पुग्यो। १ सय १२ दिनपछि वैशाख ३१ गते २ सय १९ जनामा संक्रमण देखिएको थियो। जेठ ३२ गतेसम्म ५ हजार ७ सय ६० जना संक्रमित संख्या पुगिसकेको थियो। तर जेठ महिना लागेपछी भने जेठ महिनामा संक्रमणको दर ह्वातै बढेको हो।

हाल देशको ७७ जिल्लामानै कोरोना भाइरस देखिएको छ। जसमा २ सय बढी कोरोना भाइरस देखिएको रेड जोन जिल्ला १७ पुगेको छ। जसमा प्रदेश २ का ३ जिल्ला, गण्डकी प्रदेशका १ जिल्ला, प्रदेश ५ का ६ जिल्ला, कर्णाली प्रदेशका २ जिल्ला र सुदूरपश्चिम प्रदेशका ५ जिल्ला रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो तथ्यांकअनुसार आइतबारसम्मको तथ्यांकअनुसार १७ जिल्लामा हालसम्म कोरोना  संक्रमितको संख्या २ सयभन्दा बढी रहेको हो जसमा महोत्तरीमा,५५६ जना, रौतहटमा ९७२ जना, सर्लाहीमा४५१ जना, नवलपरासी पूर्वमा २२८ जना, अर्घाखाँचीमा २७४ जना, कपिलवस्तु ७०१ जना, गुल्मीमा—२८८ जना, दाङमा ४४२ जना, पाल्पामा ४७० जना, रुपन्देहीमा २५१ जनामा एक्टीभ कोरोना केस देखिएको छ।

यस्तै, दैलेखमा ४५२ जना, सुर्खेतमा २८३ जना, कैलालीमा५०६ जना, कन्चनपुरमा २९८ जना, डडेल्धुरामा२१८ जना, बाजुरा २९३ जना र बैतडी २०७ जना एक्टिभ कोरोना संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा छ। सरकारले कोभिड—१९ संक्रमितको संख्या २ सय सक्रिय केस भएमा भएमा ती जिल्लालाई ‘रेड जोन’मा राखेर पूर्ण रुपमा बन्दावन्दी गर्ने कानुनमा उल्लेख छ ।

 कोभिड—१९ को महामारी व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्य मापदण्ड, २०७७ को विविध 'ख' मा एउटै जिल्लामा २ सय जनाभन्दा बढी सक्रिय संक्रमितको संख्या भएमा पूर्ण बन्दाबन्दी गर्ने उल्लेख छ।निर्देशिकामा कुनै जिल्लामा संक्रमितको संख्या २ सय केस पुगेपछि पूर्णरूपमा बन्दाबन्दी गर्नुपर्ने बताए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘रेड जोन’मा परेका जिल्लामा पूर्णरूपमा बन्दाबन्दी भने तापनि कुनै पनि जिल्लामा लागु भएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.