|

काठमाडौं  : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएको छ। मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सरकारमा रहेका पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएको हो।  

माओवादी केन्द्रका मन्त्रीहरुको नेतृत्व गर्दै सरकारमा रहेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफुहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन आएको बताए।

माओवादीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने भन्दै अहिलेको सरकारबाट बाहिरिने निर्णय गरेको हो।

सोमबार बसेको कार्यालय समितिको बैठकले सरकार गठन गर्ने पहल र निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएका थियो। त्यसै अनुसार प्रचण्डले सरकारलाई रहेको समर्थन फिर्ता लिने निर्णय गरेका माओवादी कार्यालय सदस्य मणि थापाले जानकारी दिए।   

सरकारबारे माओवादी केन्द्रले गरेको निर्णय सार्वजनिक गराउन मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रवक्ता पंफा भुसालले जानकारी गराइन्। माओवादीले समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमतमा परेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.