|

काठमाडौं : गोकर्णेश्नर नगरपालिकाले मुलखर्कमा  पर्यटकीय मार्ग बनाउने भएको छ। नगरपालिकाको वडा १ मा पर्ने मूलखर्कमा पर्यटकीय गन्तव्यका लागि नगरपालिकाले मार्ग बनाउन लागेको हो।

नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समेत यो योजना समावेश गरेको छ। नगरप्रमुख सन्तोष चालिसेले पर्यटकीय प्रवर्द्रधनको लागि मूलखर्कमा पर्यटकीय मार्ग बनाउने योजना ल्याएको बताए। ‘नगरपालिकाको वडा १ क्षेत्रमा धेरै पर्यटकीयस्थल छन्,’उनले भने,‘पर्यटकीय गन्तव्‍य भएकाले यो क्षेत्रमा घुम्‍न धेरै आन्तरिक तथा बाह्य पर्यटक आउँछन्। हरियाली जंगल,खोलानाला छन्। त्यसैमा धेरै रमाउँछन्। त्यसैले हामीले मूलखर्कमा पर्यटकीय मार्ग बनाउदै छौँ।’

उनले गोकर्णेश्वर क्षेत्र परापूर्वकालदेखि नै धार्मिक र सांस्कृतिक धरोहर तथा पवित्र बागमती सभ्याताको गौरव बोकेको ऐतिहासिक थलोका रूपमा संसारसामु परिचित रहेको पनि बताए। उनले सो मार्गको काम छिट्टै थाल्ने जानकारी दिए। नगरपालिकाले यसका लागि १० लाख बजेट  विनियोजन गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.