|

जनकपुरधाम : विकास बिरोधीको आरोप लगाउँदै जनकपुरका केही युवाले उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिको गृह नगरमा बिहीबार उनकै पुत्ला जलाएको छ।

ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरको विकासका लागि आउने ठूला योजनाहरु कार्यान्वयनमा निधि नै बाधक बनेको भन्दै जनकपुरको जनक चौकमा एक टोलीले पुत्ला जलाएका हन्। पुत्ला दहनअघि स्थानीय युवाहरुले गृह मन्त्री निधिको बिरोधमा नाराबाजी गर्दै नगरमा बिरोध प्रदर्शन समेत गरेका थिए।

विरोध प्रदर्शन र पुत्ला दहनपछि जनकपुरको सुरक्षा अवस्था कडा पारिएको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि नेपाल भारत सम्बन्ध र सीमावर्ती क्षेत्र बिषयक दुई दिवशीय सम्वाद कार्यक्रमको उदघाटन गर्न गृहनगर जनकपुर पुगेका छन्।

पुत्ला दहन स्थल जनकचोकमा बृहत जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा लगायत ३ जना १५ दिनदेखि आमरण अनसनमा बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.