राजनीति

सभामुख सापकोटाको आँखाको सफल शल्यक्रिया

तस्बिर सभामुखकाे सचिवालय
असार २४, २०७७

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाविन्दुको शल्यक्रिया भएको छ।

    सापकोटाको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो। वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले आज बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो। 

    केही समय यता सापकोटाको आँखामा समस्या देखिएको थियो। चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

    उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्य कोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयंले व्यहोरेका छन्। शल्यक्रिया पछि सभामुख सापकोटा अहिले आराम गरिरहेको न्यौपानेले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]