समाज

काठमाडौंमा मयूर यातायातले बस चलाउन थाल्यो

असार २९, २०७७

    काठमाडौं : मयूर यातायातले काठमाडौं उपत्यकामा मा बस सेवा सुरु गरेको छ। सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेर बस नचलाउने बताइरहँदा मयूरले सोमबारदेखि उपत्यकाभित्र र काभ्रेको बनेपासम्म बस चलाउन थालेको हो। 

    सरकारले तोकेको मापदण्डअनुसार आजैदेखि ६ वटा बसमार्फत सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले बताएका छन्। उनका अनुसार कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई बस चलाएको छ। रिङगरोडमा ४ वटा बस चलाउन थालेको छ।

    मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जनामात्रै यात्रु राखिने जनाएको छ। ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरिएको श्रेष्ठले बताए। तर बसमा यात्रु र कर्मचारीलाई पनि मास्क अनिवार्य गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]