|

काठमाडौं : नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनको सम्झनामा शनिबार राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष कार्यक्रम गरिएको छ।

सैनिक मञ्चमा आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश सुशीला कार्कीलगायत मन्त्रीगण, संवैधानिक नियोगका प्रमुख एवम् कूटनीतिक नियोगका प्रमुखको उपस्थिति रहेको थियो। 

सो समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि र बेलुन उडाइएको थियो। समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड र प्रधानन्यायाधीश कार्कीले शान्तिका प्रतीक परेवा उडाएका थिए।

त्यसैगरी ज्ञात र अज्ञात सहिदप्रति उच्च सम्मान र श्रद्धाञ्जली अर्पण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट र विभिन्न विद्यालयका विद्यार्थीले मार्च पास गरेका थिए। 

राष्ट्रिय खेलकुल परिषद्बाट विविध खेल प्रदर्शन गरिनुका साथै काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिकालगायतले झाँकी प्रदर्शन गरेका थिए। राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रम हेर्नका लागि टुँडिखेल वरपर सर्वसाधारणको भीड लागेको थियो।

हेर्नुहोस् फोटोहरु

फोटो : रोशन सापकोटा/रासस

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.