|

हेटौंडा : २०७२ वैशाखको भूकम्पका कारण मकवानपुरको ३ हजार २३ घरधुरी पहिरोको उच्च जोखिममा परेको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार जिल्लाको १६ गाविस, हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाका गरी २९ गाउँका ३ हजार २३ घरधुरी  पहिरोको उच्च जोखिममा रहेका छन्।

मकवानपुरका सरिखेत, धियाँल, भीमफेदी, वेतिनी, मन्थली नामटार सहित १६ गाविस तथा हेटौंडा उपमहानगरपालिकाको केही ग्रामीण पहाडी वडा र थाहा नगरपालिका पहिरोको उच्च जोखिममा परेका छन्। प्राधिकरणले दिएको जानकारी अनसार हेटौडा उपमहानगरपालिकाको २६ र २७ वडा र थाहा नगरपालिकाको ९ र  ११ वडा पहिरोको उच्च जोखिममा रहेका छन्।  

पहिरोको उच्च जोखिम परेका वडाहरुमा निरीक्षणका लागि पुनर्निर्माण प्राधिकरणले प्राविधिक टोली खटाएर वर्षायाम सुरु हुनु पूर्व नै वस्ती स्थानन्तरणको तयारी गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।  गत महिना मात्र सुख्खा पहिरोको कारण मकवानपुरको भीमफेदीमा एकजनाको मृत्यु भएपछि प्रशासन कार्यालयले गाउँ स्थानान्तरकणको तयारी गरेको प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.