|

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै अहिलेको सरकार अल्पमतमा परेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।

थाहाखबरसँग कुराकानी गर्दै नेता निधिले संसदमा बहुमत गुमाइसकेपछि प्रधानमन्त्रीले नयाँ सरकार गठनको बाटो खोलिदिनु पर्ने बताएका हुन्। निधिका अनुसार नयाँ समीकरणबारे बुधबार बिहान ९ बजे बस्ने बैठकले निर्णय गर्नेछ।

उनले कांग्रेसले बजेटको विपक्षमा मतदान गर्ने बताए। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र निधि नयाँ समीकरणका लागि सक्रिय नेता हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.