|

रुकुम : जिल्लाका १३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। जिल्लामा हालसम्म संक्रमित भएका २७ जनामध्ये अब १४ जना आइसोलेसनमा छन्। जसमध्ये चौरजहारी अस्पताल आइसोलेसनमा ८ र जिल्ला अस्पताल आइसोलेसनमा ६ जना रहेका स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए।

उनका अनुसार जिल्लाभर हालसम्म ३ हजार ६ सय ९१ वटा पिसिआर परीक्षण भएको छ भने १ हजार ८ सय ३ वटा आरडिटी परीक्षण भएका छन्। 

यस्तो छ स्थानीय तहगत कोरोना संक्रमितको अवस्था

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सक्रिय संक्रमितको संख्या शून्य छ। यस नगरपालिकामा एक जना पुरुष संक्रमित भए पनि उनी उपचारपछि निको भएर फर्किसकेका छन्। चौरजहारी नगरपालिकाका २० जना संक्रमितमध्ये १२ जना उपचारपछि घर फर्के पनि ८ जना अझै अस्पतालमा छन्। 

आठबिसकोट नगरपालिकामा हालसम्म कुनै पनि संक्रमित फेला परेका छैनन्। बाँफिकोट गाउँपालिकाका ३ जना संक्रमित हालसम्म अस्पतालमा छन्। सानीभेरी गाउँपालिका २ र त्रिवेणी गाउँपालिकाका १ जना पनि अस्पतालमै छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.