|

सोलुखुम्बु : जङ्गलमा काठ काट्ने क्रममा मुढाले किचेर घाइते बनेका गुदेल– २ सोलुखुम्बुका ३३ वर्षीय भलाकाजी राईलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको  छ।
शनिबार दिउँसो काठ काट्ने क्रममा मुढाले किचेर खुटा भाँचिएपछि उपचारका लागि स्वास्थ्य चौकी गुदेलमा ल्याइएको र पिसाबथैली समेत फुटेको पाइएपछि त्यहाँ उपचार सम्भव नभएको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज रामु केसीले जानकारी गराए।

घाइतेको तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि बिरामीका आफन्तले आइतबार ऋण खोजेर रु एक लाख ८० हजारमा हेलिकाप्टर चार्टर गरेको केसीले बताए। राईको पाटन अस्पतालमा उपचार भइरहेको छ। 

सडक यातायातको पहुँच नभएको जिल्लाको कोसीपारीका दुर्गम गाविसका बासिन्दाको स्वास्थ्यमा केही जटिल अवस्था आए बाँच्नका लागि हेलिकप्टर चार्टर नै अन्तिम विकल्प हुने गर्छ। यस्तो अवस्थामा कि मर्नुपर्ने वा घरबारी बेचेर भए पनि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.