६९ एकड भूमिमा बनाउने गरी डिजाइन पास

|

एजेन्सी : नेपालले भगवान रामबारेमा दाबी प्रस्तुत गरिरहेका बेला भारतले अयोध्यामा भव्य तीन तले मन्दिर बनाउने भएको छ। पहिलेको मन्दिरभन्दा पनि भव्य देखिने गरी तीन तले राम मन्दिरको डिजाइन फाइनल गरिएको हो। 

नयाँ डिजाइनको तस्विरमा मन्दिर गजुर अग्लो देखाइएको छ। मन्दिरका मुख्य आर्किटेक्ट निखिल सोमपुराले मन्दिरको नयाँ डिजाइन सार्वजनिक गरेका हुन्। 

राम मन्दिरको पहिलो डिजाइन सन् १९८५-८६ मा बनाइएको थियो। त्यस समय श्रद्धालुको भीडलाई देखेर त्यो डिजाइन तयार गरिएको थियो। तर अहिलेको अवस्थामा श्रद्धालु अझै बढेपछि मन्दिरको डिजाइनमा परिवर्तन गरिएको हो। मन्दिरलाई अझै भव्य बनाउँदै लम्बाइ, उचाई र चौडाइ बढाइएको छ।

अबको राम मन्दिर दुई नभइ तीन तले हुनेछ। जसको उचाई १६१ फिट, चौडाइ २३५ फिट र लम्बाइ ३६० फिटको हुनेछ। मन्दिरको मूल स्वरुप भने पुरानै हुनेछ। मन्दिरका तीनवटा गजुरमा अन्य गजुर पनि थपिएको छ। साइडमा दुई र अगाडितर्फ एक गजुर थपिएको हो। नयाँसहित अब मन्दिरमा ४ वटा गजुर हुनेछन्। 

राम मन्दिरको पहिलेको उचाई १२८ फिट थियो जुन अब १६१ फिट भएको छ। तीन तले बन्‍न लागेको मन्दिरमा ३८१ खम्बा हुनेछन्। हरेक तलामा १०६ खम्बा बनाइनेछ। रामको मन्दिर जमिनबाट १७ फिट उचाईमा हुनेछ। दोस्रो तलमा रामको दरबार हुनेछ। करिब ६९ एकड भूमिमा पाँचवटा गजुरसहितको मन्दिर अन्यत्र नभएको दाबी गरिएको छ।

राम मन्दिरमा श्रद्धालु ठूलो संख्यामा दर्शनका लागि आउँछन्। उनीहरुलाई हैरानी नहोस् भनेर मन्दिरको मूल स्वरुप नबिगारी नयाँ डिजाइन गरिएको हो। राम मन्दिरको नयाँ डिजाइनमा एक मण्डप बनाउने प्रस्ताव पनि छ। जसमा एक पटकमा ५० हजार भक्तजन अट्ने क्षमता हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.