|

रुकुम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रहेको स्यार्पुतालमा बुधबार पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन्। मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका –५, का २३ वर्षीय लोक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए।

उनका अनुसार सोही वडाका २० वर्षीय अनिल घर्ती भने बेपत्ता रहेका छन्। पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईजना मध्ये लोक घर्तीको शव स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा फेला परेको हो।

बेपत्ता भएका अनिलको भने खोजी कार्य भइरहेको र घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पठाइएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.