|

चितवन : कविलासस्थित सडकबाट बोलेरो जप त्रिशुली नदीमा खस्दा २ जना बेपत्ता भएका छन्। दुर्घटनामा अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गोर्खा ताकु–६ बस्ने ६५ वर्षीया विष्णुमाया गुरुङ र उनका नाति १३ वर्षीया कविन गुरुङ बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ। चितवनको खैरहनीबाट गोरखा जाँदै गरेको ना ३ ख ७५४३ नम्वरको बोलेरो सोमबार बिहान करिब ३ बजे कविलास गाविस–४ स्थित सत्र किलो भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको हो।

चालक चितवन कालिका नगरपालिका–५ का ३३ वर्षीय शिव खड्का, गोर्खा ताकुका ४० वर्षीय भीमबहादुर गुरुङ, २८ वर्षीया टीका गुरुङ र ५ वर्षीय न्युटल गुरुङ घाइते भएका हुन्। चितवन मेडिकल कलेजमा उनीहरूको उपचार  भइरहेको प्रहरीले जनाएको छ। पानीभित्र रहेको जीप निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.