|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकाबाट बाहिरिएको नेकपा माओवादी केन्द्रलाई शुभकामना दिएका छन्। सरकारबाट फिर्ता हुने माओवादी केन्द्रको पत्र पाएपछि प्रधानमन्त्री ओलीले ‘शुभकामना’ भन्दै जवाफी प्रतिक्रिया दिए।

सरकारबाट बाहिरिने निर्णयसहितको पत्र बोकेर माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रधानमन्त्रीलाई भेट्न मंगलबार सिंहदरवार पुगेका थिए। पत्र बुझेपछि प्रधानमन्त्रीले ‘तपाईंहरुलाई शुभकामना छ। ल ठीक छ, राम्रो’ भनेको शर्माले थाहाखबरलाई बताए। 

पत्र बुझेपछि प्रधानमन्त्रीले माओवादी नेता शर्मालाई चिया खुवाएका थिए। शर्माले प्रधानमन्त्री सामान्य रुपमा प्रस्तुत भएको बताए। ‘उहाँ (प्रधानमन्त्रीले) ले पत्र पाएपछि आश्चार्य मान्नुभएन, केहीबेर अरु गफ पनि गर्‍यौँ।’

प्रधानमन्त्री ओलीले माओवादी सरकारबाट बाहिरिने सूचना सोमबार बेलुकै थाहा पाएको स्रोतको भनाइ छ। मंगलबार राति नै कांग्रेस र माओवादीका नेताहरुबीच सहमति भएको सूचना प्रधानमन्त्रीले पाइसकेको स्रोतले बतायो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.