छानविन गर्न विपक्षी कांग्रेसको दबाब

|

एजेन्सी फेसबुक कम्पनीमाथि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीलाई सघाएको आरोप लागेको छ। गत साता वाल स्ट्रिट जर्नलले भाजपा कार्यकर्ताको घृणायुक्त अभिव्यक्तिलाई फेसबुकले नजरअन्दाज गरेको रिपोर्ट छापिएपछि विवाद चर्किएको हो।

रिपोर्टमा ‘मोदीलाई निराश नतुल्याउन फेसबुकले त्यसो गरेको’ दावी गरिएको छ। खासगरी मोदीलाई खुसी पार्नकै लागि मुस्लिम विरोधी पोष्टमाथि फेसबुकले एक्सन नलिएको रिपोर्टको दावी छ।

त्यसैलाई आधार बनाउँदै विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले फेसबुक र ह्वाट्स एपमार्फत भाजपा कार्यकर्ताले फेक न्यूज फैलाएको वक्तव्य दिएपछि फेसबुक कम्पनी थप विवादमा तानिएको हो। विपक्षी नेताहरूको तर्क छ-भाजपा र मोदी समर्थकद्वारा प्रचारित घृणा फैलाउने प्रकृतिका सामग्रीलाई फेसबुकले छुट दिएको छ‚ अन्यथा त्यस्ता सामग्री तत्काल हटाइन्थ्यो।

विपक्षी कांग्रेसले यसबारे संसदीय छानविन समिति गठन गर्न माग गरेपछि फेसबुकले सोमबार एक वक्तव्य जारी गरी स्पष्टीकरण दिएको छ। उसले भनेको छ‚ ‘हामीले घृणाजन्य अभिव्यक्तिलाई निषेध गर्ने नीति लिएका छौं। हामी कसैको पद र दल नहेरी आफ्नो नीति पालना गर्न प्रतिवद्ध छौं।’ उक्त नीति लागु गराउनका निम्ति आफ्नो सिस्टमलाई निरन्तर परिष्कृत गरिराखेको पनि फेसबुकले जनाएको छ।

यस्तो छ भारतमा फेसबुकको स्वार्थ

भारतमा फेसबुकसँगै ह्वाट्स एप पनि औधी लोकप्रिय छ। फेसबुक र ह्वाट्स एकै कम्पनीका उत्पादन हुन्।

भारत ह्वाट्स एपको सबैभन्दा ठूलो बजार हो‚ जहाँ ४० करोड मानिसले यो एप प्रयोग गर्छन्। ह्वाट्स एपको प्रयोगमा निश्चित रकम चार्ज गर्ने र यसैमार्फत कारोबार गर्न मिल्ने बनाउन सरकार समक्ष निवेदन दिएर बसेको फेसबुक कम्पनी मोदी सरकारबाट अनुमतिको प्रतिक्षामा छ।

फेसबुक कम्पनीले डिजिटल कारोबारका लागि रिलायन्स कम्पनीमार्फत भारतमा सवा ४ खर्ब रुपैयाँ लगानी गरिसकेको छ। खर्बौंको व्यापार जोडिएकै कारण फेसबुक कम्पनी मोदी र उनको दलप्रति नरम देखिएको आलोचकहरूले आरोप छ। संसदीय छानविन समिति गठन गर्नुपर्ने विपक्षीको मागबारे मोदी सरकारले प्रतिक्रिया दिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.