|
Photo : socialmediatoday.com

एजेन्सी: ट्विटरले आफ्ना प्रयोगकर्ताहरूलाई ठूलो साइजको चलायमान तस्विर अर्थात् जिआइएफ इमेज पनि अपलोड गर्न दिने भएको छ। 

ट्विटरले समय-समयमा आफ्नो अपलोडको क्षमतालाई बृद्धि गर्दै लगेको छ। यसपटक ट्विटरले ५ एमबीको तस्विर अपलोड गर्न सकिने सुविधालाई बढाएर १५ एमबीसम्मको तस्विर अपलोड गर्न सकिने सुविधा दिएको छ। तर, यो सुविधा कम्प्युटरबाट अपलोड गर्नेका लागि मात्र हो, स्मार्टफोनबाट ५ एमबीभन्दा ठूलो साइजको फोटो अपलोड गर्न पाइनेछैन्। यस्तै, ट्विटडेकबाट समेत ठूलो साइजको फोटो अपलोड गर्न पाइनेछैन्। 

यसैगरी, ट्विटरमा फोटो अपलोड गर्दा भर्चुअल स्टिकरहरू पनि फोटोमा इम्बेड गरेर राख्न सकिने सुविधा ल्याउन लागेको ट्विटरले जनाएको छ। नयाँ फोटो इडिटिङ सुविधाको सहयोगले आफ्नो तस्विर काट्न, मिलाउन, ट्याग गर्न, स्टिकर इम्बेड गर्न सकिने ट्वीटरले जनाएको छ। 

जब प्रयोगकर्ताले आफ्नो फोटो ट्वीटरमा अपलोड गर्छन् त्यस समयमा प्रयोगकर्ताले फोटोमा स्टिकर राख्नका लागि अप्सन देख्नेछन्, जसबाट सयौँ स्टिकरहरूमश्ये आफूलाई मन परेको स्टिकर छानेर फोटोमा इम्बेड गर्न सकिने छ। प्रयोगकर्ताले एउटै फोटोमा पनि धेरै स्टिकरको प्रयोग गर्न सक्नेछन्। ती स्टिकरलाई सानो-ठूलो बनाउने, घूमाएर राख्न सकिने छ। 

ट्विटरले अब प्रयोगकर्ताहरूलाई १ सय ४० सेकेण्डको भिडियो समेत अपलोड गर्न दिने भएको छ। 

ट्विटरले यसअगाडिसम्म मात्र ३० सेकेण्डको भिडियो अपलोड गर्न दिन्थ्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.