११० थान गोलिया बरामद

|

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ८ मा निर्माण भइरहेको डोला चक्रपथमा व्यापक वन फडानी भएको छ।

आलिताल गाउँपालिका अन्तर्गतको गोदाम बजारदेखि डोला गाँउ जोड्ने सडकको निर्माणका क्रममा सामुदायिक वन क्षेत्रमा रहेका रुखहरू काटिएका हुन्आ।

आलिताल गाउँपालिकाको समपूरक कोषअन्तर्गत निर्माण सुरु गरिएको सडकमा रहेका रुखहरू वन कार्यालयको अनुमतिबिना कटानी गरी गोलिया बनाएर लुकाइराखेको अवस्थामा फेला पारेको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डवलबहादुर बोहराले जानकारी दिए।

शुक्रबार बेलुकासम्म ११० थान गोलिया बरामद गरिएको र बाँकी खोजी भइरहेको वन कार्यालयले जनाएको छ। रजनी सामुदायिक वन र राष्ट्रिय वनबाट उक्त गोलिया बरामद गरिएको बोहराले बताए। उक्त क्षेत्रमा दुई हजार क्युफिटभन्दा बढी काठ काटिएको हुनसक्ने आशंका गरिएको छ।  

डिभिजन वन कार्यालयको टोलीले शुक्रबार उक्त क्षेत्रमा काठ गोलिया बनाइ रहेका एकजना र सोही वनका अध्यक्षलाई नियन्त्रणमा लिएको र शनिबारदेखि अनुसन्धान प्रक्रिया अगाडि बढाउने डिभिजन वन कार्यालयले जनाएको छ।

सडक निर्माणका क्रममा अवैध रुपमा वन फडानी गर्नेमाथि अनुसन्धान थालिएको र दोषीमाथि कारवाही गरिने डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए।

सडक निर्माणका क्रममा काठ काटिएको विषयमा ढिलागरी बिहीबार मात्रै कार्यालयमा जानकारी भएपछि टोली घटना स्थल पठाएको र वन फडानी गरिएको पाइएको थियो। शुक्रबार जिल्लाको टोलीसमेत घटनास्थलमा पुगेको उनले जानकारी दिए।

सडक निर्माण कम्पनीलाई समेत अनुसन्धानको दायरामा ल्याउने वन कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.