|

पाँचथर : नेपाल पत्रकार महासंघ पाँचथरले सिफारिस गरेका नयाँ सदस्यता छानविन गर्न माग गर्दै महासंघको जिल्ला शाखा कार्यालयमा तालाबन्दी गरिएको छ। महासंघले नियोजित ढङ्गबाट महासंघको विद्यानतः योग्यता नै नपुगेका आफ्ना अनुकूलका सञ्चारकर्मीहरुको नयाँ सदस्यता सिफारिस गरेको भन्दै छानविनको माग सहित विभिन्न संगठनले अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।

प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, मिडिया नेपाल, संघीय प्रेस फोरम, संघीय लिम्बुवान पत्रकार मञ्च, सञ्चारिका समूह, आदिवासी जनजाति पत्रकार महासंघ, लिम्बु पत्रकार संघ, किरात राई पत्रकार संघ, तामाङ सञ्चार समूहले ताला लगाएका हुन्।

नयाँ सदस्यता छानविन नभएसम्म तालाबन्दी जारी ती संगठनहरुले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा जिल्ला अधिवेशनको मिति तत्काल तोक्न र विधानविपरीत काम गर्ने पदाधिकारीलाई कारबाही गर्न माग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.