|

काठमाडौं : ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-३ स्थित रिनुवालका सनीराज राईको घरमा आगलागी हुँदा घरको सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। शनिबार बेलुका करिब ६ बजे अचानक भएको आगलागीले घरभित्र रहेको सबै समान नष्ट हुँदा ७ लाख बराबरको क्षति भएको वडा ३ का अध्यक्ष मेडल राईले बताएका छन्।

सोलर व्यट्रीमा सर्ट भई आगलागी हुन सक्ने अनुमान गरिएकोे अध्यक्ष राईले बताए। ‘घर आगलागीको कारण सोलरको व्याट्रीमा सर्ट भएको अनुमान लगाइएको छ,’उनले थाहाखबरसँग भने,‘पूर्ण रुपमै एक घर नष्ट भएको छ। घरभित्र रहेको सामान,खाद्यान्न लगायत सबै जलेर नष्ट भएको छ।’

उनका अनुसार मानवीय क्षति भने भएको छैन। त्यस्तै स्थानीयको सहयोगले पशुचौपायालाई जोगाउन सफल भएको पनि उनले बताए।। पीडित परिवार भने अहिले पहिलाकै मूल घरमा गएर बसोबास गरेका छन्।

पीडित परिवारको लागि राहत व्यवस्थापनमा जुटेको उनले बताए। उनले भने,‘पीडित परिवारलाई राहत दिनको लागि वडाले पहल गरिरहेको छ। रेडक्रसले पनि त्रिपाल,खाद्यान्नलगायत सहयोग गर्ने भएको छ। समुदाय स्तरबाट पनि आर्थिक सहयोग संकलन गरेर सहयोग गर्ने सल्लाह भएको छ। वडाबाट पनि आर्थिक सहयोग मिल्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.