|

गुल्मी : नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले ९०० विपन्न परिवारका लागि निःशुल्क विद्युत् मिटर वितरण गरेको छ।

१२ स्थानीय तहका विपन्न परिवार विद्युत् मिटर लिन नसकेर विद्युतविहीन हुन नपरोस् भनेर निःशुल्क मिटर उपलब्ध गराएको वितरण केन्द्रका प्रमुख नारायण अर्यालले बताए। अर्यालका अनुसार  गत आर्थिक वर्षमा स्थानीय तहकोे सिफारिसको आधारमा ९०० वटा मिटर वितरण गरेको बताए। एउटा मिटरका लागि अहिले दुई हजार १०० रुपैयाँ तिर्नु पर्दछ।

घर नजिकबाटै विद्युतको तार टाँगिए पनि विपन्न भएकै कारण उनीहरु विद्युतविहीन भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.