|

मनाङ : स्वास्थ्य कार्यालय मनाङका प्रमुख कोरोना संक्रमणमुक्त भएपछि जिल्ला अस्पताल सञ्चालनमा आएको छ। मनाङको एक मात्र अस्पताल दुई हप्तापछि सञ्चालनमा आएको हो। मनाङको जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड १९ को संक्रमण भएपछि दुई साता बन्द गरिएकोमा अस्पताल निर्मलीकरण पछि मात्रै सञ्चालनमा आएको हो।

भदौ ९ गते स्वस्थ्य प्रमुख नै कोरोना संक्रमित भएपछि मेडिकल अधिकृतले एक सूचना प्रकाशित गरी अस्पताल बन्द गरिएको थियो। सूचनामा स्वस्थ्य प्रमुखको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भन्दै अर्को सूचना प्रकाशित नहुँदासम्म अस्पताल शिल गरिएको थियो। भदौ १९ गते अस्पतालका प्रमुखको कोभिड १९ को संक्रमणमुक्त भएको रिपोर्ट आएपछि मात्रै अस्पताल सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए।

अहिले स्वस्थ्य प्रमुख लगायत ७३ जनाको नमुना स्वाव संकलन गरिएकामा ७२ जनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पताल निर्मलीकरण गरी सेवा सुचारु गरिएको स्वस्थय प्रमुख बद्री आचार्यले बताए। १९ गते शुक्रबार सबै रिपोर्ट आएपछि अस्पतालबाट सेवा दिन थालिएको उनले बताए। यस जिल्लामा रहेको एक मात्र अस्पताल बन्द हुँदा सर्वसाधारणलाई सेवा प्रवाहमा नहुँदा सास्ती खेप्नुपरेको उनले बताए।

अस्तपतालमा ११ जनाको दरबन्दी रहे पनि ४ जना मात्र दरबन्दीका कर्मचारी रहेको जिल्ला अस्पतालले जनाएको छ। एकजना डाक्टरलगायत ७ जना करारमा कार्यरत  डाक्टरहरु मात्र छन्। ल्याव टेक्निसियन नर्स करारमा रहेका र हालजम्म ४ जना कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.