|

दाङ : दाङमा होटेल साहुनीको चक्कु प्रहारबाट एक प्रहरी हवल्दार घाइते भएका छन्। घोराही १५ आदर्श टोलमा रहेको सुर्खेती होटलकी सञ्‍चालिका ४० वर्षीया इन्द्रा थापाले वडा प्रहरी कार्यालय लमही दाङमा कार्यरत रहेका ३७ वर्षीय प्रहरी हवल्दार खड्कबहादुर खत्रीलाई चक्कु प्रहार गरेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले  जनाएको छ।

शनिबार बेलुका करिब ६ बजेतिर आफ्नै होटलमा बोलाएर थापाले भित्र लगेर चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। थापाको चक्कु प्रहारबाट खत्रीलाई टाउको, नाक र ढाडमा चोट लागी घाइते भएका छन्।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रदेश प्रहरी प्रवक्ता एवं एसएसपी राजकुमार बैदवारले जानकारी दिए। चक्कु प्रहार गर्ने थापालाई चक्कुसहित नियन्त्रणमा लिई जिप्रका दाङबाट थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.