|

रुकुम : रुकुमको चौरजहारी नगरपालिका वडा नं. ७ घर्तीडाँडामा सकेट बम जस्तै शंकास्पद वस्तु फेला परेका छ। स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने क्रममा उक्त शंकास्पद वस्तु भेटेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। 

कार्यालयका अनुसार उक्त शंकास्पद वस्तु बम हो या होइन भन्ने यकिन भइसकेको छैन। त्यसको परीक्षण गरी बम भएको खण्डमा डिस्पोजल गर्न नेपालगञ्जबाट टोली खटिइसकेको प्रहरीले जनाएको छ।

शंकास्पद् वस्तु भेटिएको स्थानमा प्रहरी चौकी सर्केनाको टोलीले सुरक्षा दिइरहेको छ। द्वन्द्वका क्रममा गाडिएका बम तथा अन्य हातहतियारहरू रुकुम क्षेत्रमा बेलाबेलामा फेला पर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.