|

काठमाडौं : बालिका खड्काले प्रदेश १ का सांसद शेरधन राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी छन्। उनले अरुको उक्साहटमा परी मुख्यमन्त्री राईविरुद्ध मुद्दा दर्ता गरेको स्वीकारेकी छन्।

उनले गत फागुनमा राईकी श्रीमती हुँ भनी जिल्ला अदालत काठमाडौंमा अंश माग गरी मुद्दा दायर गरेकी थिइन्। ​शेरधन राईसँग अंश माग गर्न र श्रीमान् श्रीमतीको नाता कायम हुन सक्ने आफूसँग कुनै आधार प्रमाण नभएकाले मुद्दा फिर्ता लिएको फिराद पत्रमा उल्लेख गरेकी छन्।

साथै उनले वास्तविक रुपमा श्रीमान् श्रीमतीको कुनै पनि सम्बन्ध नरहेको हुँदा यसरी नाता कायमै हुन नसक्ने भएपछि आफूले लिएको अंश दाबी साबित गर्न नसक्ने, प्रमाणित गर्न नसक्ने भएकाले मुद्दा फिर्ता लिएको स्पष्ट पारेकी छन्। 

गत २०७६ फागुन १६ गते दोलखाकी खड्काले दायर गरेको मुद्दामा मुख्यमन्त्री राईले आफूमाथि घरेलु हिंसा, शारीरिक यातना, यौन दुव्र्यवहारको प्रयास गरेको भनी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन्। बालिकाले मुख्यमन्त्री आफ्नो पति भएकाले मुद्दामा आधा अंशसमेत मागेकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.