|

काठमाडौ : सरकारले आजदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि काठमाडौं उपत्यकामा सवारी साधनको जोरबिजोर कायमै राखिएको छ। 

तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयका प्रमुखको छलफलले यस अघि उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत राख्ने निर्णय गरेको हो।  यस्तै विभिन्न व्यवसायमा लगाइएका निषेधात्मक आदेश भने हटाइएको छ। विभिन्न व्यापार व्यवसायका लागि बारअनुसार खोल्ने पाउने गरी गरिएको आदेश आजदेखि लागू हुने छैन। उपत्यकामा सबैखाले पसल सबै बार खोल्न पाइने छ।

प्रशासनले बुधबार एक सूचना समेत जारी गर्दै खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न निषेध गरिएको जनाएको छ।  त्यस्तै जात्रा, महोत्सव, भोज गर्न पनि निषेध गरिएको छ। मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि दिइएको छैन। बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ। 

सबै प्रकारका सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई पूर्ण रुपमा निषेध गरिएको छ। त्यसबाहेक अन्य सेवा सुचारु रहने भनिएको छ। उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएको छ।   

मन्त्रिपरिषद्को बैठकले आजदेखि  लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेको छ।  स्वास्थ्य प्रोटोकल कायम राखेर उपत्यकामा आउन जान दिने निर्णय भएको छ ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.