|
फोटो : स्थिति नियन्‍‍‍त्रणका लागि खटिएका प्रहरी

कालिकोट : नन्दादेवी माध्यामिक विद्यालय कोटवाडाका शिक्षक रत्नसिंह साउदलाई कालो मोसो दलिएको छ।  फागुन १८ गते हुने स्ववियु निर्वाचन १६ गते नै घोषणा गरेर सदरमुकाम फर्किएका भन्दै  नेपाल विद्यार्थी संघ र अनेरास्ववियु कालिकोटले साउदलाई कालो मोसो दलेका हुन्।

साउदलाई कालोमोसो दलेपछि कालिकोटमा सदरमुकाममा झडप भएको छ। झडपमा परि ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।झडपमा मदन सिंह गम्भीर घाइते छन्। उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ। त्यस्तै मन्दीरराज रोकाया घाइते भएका छन् । प्रहरीले अश्रुग्याँस प्रहार गरेर झडप नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.